Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान : फागु पर्व शुरु

पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान : फागु पर्व शुरु

  • काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व शुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिंगो गाड्ने काम (चिरोत्थान) गरिएको छ । गुह्येश्वरी जंगलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको हाँगो काटी गुह्येश्वरी, गोरखनाथ र पशुपतिमा चढाएर ती स्थानमा पनि लिंगो गाडिने परम्परा रहेको युवा हिन्दू महासंघ वसन्तपुरका अध्यक्ष राजन महर्जनले जानकारी दिए । मयलको हाँगो काटेर ल्याई नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइतअनुसार आज आइतवार बिहान ८ः२६ बजे चिरोत्थान गरिएको हो । वसन्तपुरका पनि चार स्थानमा चिरोत्थान गरिएको छ । हनुमानढोका दरबार क्षेत्रका सुन्दरीचोक, दाखचोक, हनुमान मन्दिरअघि र गद्दी बैठकअघि गरी चार स्थानमा लिंगो गाडिएको छ । पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिंगो गाड्ने चलन प्राचीनकालदेखि रही आएको छ । आज बिहान चिरोत्थान गरिएसँगै फागु पर्व शुरु भएको मानिन्छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुपूर्णिमा पर्व मनाइन्छ ।

    images
    images
    images

    फाल्गुन शुक्ल अष्टमीका दिन गाडिएको लिंगो फाल्गुन शुक्ल पूर्णिमाका दिन बेलुकी ८ः३६ बजे ढाल्न शुभ हुने साइत समितिले दिएको छ । लिंगो ढालेर त्यसै बेलुकी ८ः५६ मा दहन गर्नुपर्ने समितिले जनाएको छ । चिरोत्थानका लागि मयलको हाँगो काट्ने, ल्याउने र गाड्ने काममा वसन्तपुर क्षेत्रका मानन्धर समाजका सदस्य सक्रिय हुने परम्परा रही आएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij