
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौँ । ‘हनी ट्र्याप’मा फसाइ रकम असुलेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । दुईजना पुरुषलाई गेस्ट हाउसमा भेट्न बोलाएर कोठामासँगै बसी गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै पैसा असुल्न खोजेको आरोपमा प्रहरीले दुई महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोट घर भइ हाल गोंगबु बस्ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ हाल गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ हाल स्वयम्भू बस्दै आएका शंकर खनाल रहेको प्रहरीले बताएको छ ।
यस गिरोहले कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा बोलाएर कोठामा सँगै बसाएर घोप्य रुपमा भिडियो खिचेको र सो को प्रयोग गरी ‘ब्ल्याकमेल’ गर्दै ५ लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij