Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु 

  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु 

  • काठमाडौं ।  चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।  अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे । ‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’ महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij