
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । त्यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij