Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौँ – महानगरपालिकाले करिब दुई वर्षदेखि नगरका सडकमा ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गर्ने काम गरिरहेको छ। हरेक दिन ७ वटा ब्रुमरले सडक सफा गर्ने काम गरिरहेको छ। अहिलेसम्म करिब ६ हजार ५०० टन धुलो जम्मा भइसकेको महानगरले जनाएको छ। यतm धुलोबाट महानगरपालिकाले इँटा बनाउने तयारी गरेको छ।
महानगरपालिकाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले उक्त योजनाका विषयमा छलफल हुनुका साथै स्थान पहिचानको गर्नेबारेमा समेत छलफल भइरहेको छ। हाल यसरी संकलित धुलो टेकुमा व्यवस्थापन गर्ने गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij