
Aug 16 2025 | २०८२, साउन ३१ गते
अन्तर्राष्टिय एक अध्ययन अनुसार धेरै मानिसहरु पोर्न फिल्म हेर्ने गर्छन ।्र जसले गर्दा मानिसको दैनिक जीवनको रोमान्समा नाराम्रोपन आउनसक्ने बताइएको छ । जब मानिसले पोर्न फिल्म हेर्न थाल्छ त्यसपछि उसले अन्य साथीहरु सँग खासै मतलब राख्दैन उनीहरु पोर्न फिल्ममै आनन्दित हुने गरेको अनुसन्धानमा पाइएको छ । अनुसन्धानका अनुसार मानिसले आफुलाई अरुभन्दा भिन्न पाउछ । अरु प्रतिको विश्वास घट्दै जान्छ भने डेटिंग जानुभन्दा पोर्न फिल्म हेर्न बढी आनन्द महशुस गर्छ । जसले गर्दा तपाईको सम्बन्धमा यसले असर पुर्याएको हुन्छ । पोर्न फिल्म हेर्नबाट आफुलाई चाहेको समयमा पनि रोक्न सकेन भने त्यसपछि तपाईको लत परिसकेको हुन्छ । अनुसन्धानका अनुसार समस्या तब निम्तन्छ जब तपाइँ आफुलाई पोर्न फिल्म हेर्नबाट टाढा राख्न सकिदैन ।
जसले गर्दा मानिसको मनोबल खस्किन्छ भने आफुलाई नकारात्मक प्रभाव पर्न सक्छ जब तपाइले पोर्न फिल्म हेर्नुहुन्छ र हेरिसकेपछि आफुमा हिनताबोध गर्नु हुन्छ भने तपाईलाई तनाब हुन्छ । जसले गर्दा तपाईको जीवनमा गम्भीर असर पर्न सक्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij