Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

एक सातामै मेलम्चीको पानी उपत्यकाबासीको धारा धारामा

एक सातामै मेलम्चीको पानी उपत्यकाबासीको धारा धारामा

  • काठमाडौं । खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र मेलम्चीको पानी आउने खानेपानी मन्त्रालयले जनाएको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको खानेपानी मन्त्रालयले जनाएको छ । आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ ।

    images
    images
    images

    आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो, उनले भने ।

    images

    मेलम्ची खानेपानी वितरणको जिम्मेवारी भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले लिएको छ । केयूकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले भने, “अहिले महाँकाल, अनामनगर, नयाँबानेश्वर, मीनभवन र खुमलटारको पानी ट्याङ्कीमा मेलम्चीको पानी आउने छ ।

    पानीको गुणस्तर नराम्रो हुँदैन, किनकी प्रशोधन केन्द्र छ । तत्कालको लागि पुरानो पाइपलाइनको प्रयोग भए पनि नयाँ परीक्षण भएपछि नयाँबाट नै वितरण गरिने छ । यो खबर आजको कारोबार दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij