
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं। आज देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्यानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन मौसम बदली भइरहने महाशाखाले जनाएको छ । साथै आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ ।
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij