Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

कञ्चनपुरमा निषेधाज्ञा !

कञ्चनपुरमा निषेधाज्ञा !

  • कञ्चनपुर । कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कञ्चनपुरमा निषेधाज्ञा जारी गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सीमावर्ती जिल्ला कञ्चनपुरमा पनि कोरोना संक्रमण फैलिने जोखिम रहेकाले जात्रा, पर्व, महोत्सव, जुलुस मेला लगाउनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

    images
    images
    images

    जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलवार राति १२ बजेदेखि नै लागु हुने गरी रोक लगाएको छ । कञ्चनपुर जिल्लास्थित अन्तर्राष्ट्रिय सीमा नाका रहेकाले नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने भएको जनाइएको छ।

    images

    यस बाहेकका सबै प्रवेश बिन्दु र खुला सीमा नाकाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ’ प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    aadesh.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij