Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

नयाँदिल्लीमा सार्वजनिक स्थानमा होली खेल्न प्रतिबन्ध

नयाँदिल्लीमा सार्वजनिक स्थानमा होली खेल्न प्रतिबन्ध

  • काठमाडौं । भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन प्रतिबन्ध लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरणले सार्वजनिक स्थानमा होली, नवरात्रि लगायतका आगामी चाडपर्वहरूमनाउन निषेध गरेको हो । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले एक सूचना जारी गर्दै “विश्वलाई आक्रान्त बनाएको कोभिड-१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा भिडभाड हुने सभा-सम्मेलन, भेला, चाडपर्वलगायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,” बताएको छ । यो आदेशको उल्लंघन गर्नेलाई डीडीएमए ऐन, २००५ को दफा ५१ देखि ६० अनुसार कारबाही हुने सूचनामा उल्लेख गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छन् ।

    images
    images
    images

    डीडीएमएले हिजो (मंगलवार) दिल्लीमा एक हजार १०० संक्रमित थपिएसँगै सो आदेश जारी गरेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij