Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

होटलमा खाजा खाने क्रममा साथीमाथि धारिलो हतियार प्रहार, दुई जना पक्राउ

होटलमा खाजा खाने क्रममा साथीमाथि धारिलो हतियार प्रहार, दुई जना पक्राउ

  • काठमाडौं । चन्द्रागिरी नगरपालिकामा धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी बस्ने झापा दमक नगरपालिका-४ घर भएका ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी टुसाल चोक बस्ने ३७ वर्षीय प्रभु कृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जनलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    होटलमा खाजा खाने क्रममा साथी साथी बिच झगडा हुँदा प्रभु कृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले प्रभु कृष्ण र दिवाकरलाई पक्राउ गरेको हो ।

    images

    गम्भीर घाइते भएका पदमलाई उपचारको लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर भएका छन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij