
Aug 17 2025 | २०८२, भदौ १ गते
काठममाडौँ । आज शेयर बजार मापक नेप्से परिसूचक ४१।३० अंकले बढेको छ। ४१।३० अंकले बढेको नेप्से परिसूचक २ हजार ५७०।२५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि उच्च रुपमा वृद्धि भएको छ । आज शेयर बजारमा जलविद्युत बाहेक सबै समूहहरुमा हरियाली छाएको छ। जसमध्ये बैंक, वित्त, व्यापार, जीवन र निर्जीव बीमा,उत्पादनमूलक, इन्भेस्टमेन्ट, म्युचुअल फण्डको शेयर मूल्य बढेको छ। बुधबार कारोबार रकम पनि ६ अर्ब नाघेको छ । आज ६ अर्ब ७६ करोड २३ लाख ४४ हजार ९ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज २०८ कम्पनीहरुको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका मध्ये १६४ कम्पनीको शेयरमूल्य बढेको छ भने २६ कम्पनीको शेयरमूल्य घटेको छ । जसमा १८ कम्पनीको मूल्य स्थिर छ।
सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर मूल्य बढेको छ। साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशत बढेर १२ हजार ७०५ रुपैयाँ पुगेको छ । यस्तै एचआईडीसीएलको शेयर मूल्य पनि ९।९७ प्रतिशतले बढेर ३९७ रुपैयाँ पुगेको छ। बुधबार ६ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतमाथि बढेको छ ।
आज सबैभन्दा धेरै निफ्राको ६५ करोड बढीको शेयर किनबेच भएको छ । अपर तामाकोशीको पनि ४१ करोड बढीको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij