
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । बुधबार प्रेस मञ्च नेपाल र जन पत्रकार संगठन नेपालले तालाबन्दी गरेका हुन् । आज दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रूपमा नयाँ सदस्य सिफरिस गरेको भन्दै तालाबन्दी गरेको बताएका छन् । ९ चैतको महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार महासंघले कैलाली शाखाले कार्यालयमा तालाबन्दी गरेको जनाएका छन् । ‘लामो समयदेखि क्रियाशील पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा जुन एकलौटी रूपमा सिफारिस गरी हामीले दिएको निवेदनको कुनै पनि सुनुवाइ गरिएको छैन । यसका विरुद्ध आज हामी तालाबन्दी गर्न बाध्य भएका छौँ,’ प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विक र जन पत्रकार संगठनका केन्द्रीय सदस्य धर्मसिंह विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij