Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

दुर्गा प्रसादले पाए नेपाली नागरिकता

दुर्गा प्रसादले पाए नेपाली नागरिकता

  • काठमाडौं । भारतीय जेलमा ४० वर्ष बिताएर भर्खरै नेपाल आएका इलामका दुर्गा प्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । उनले आज (बिहीवार) जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजका आधारमा नागरिकता पाएका हुन् । कोलकताको जेलमा बिना कसूर ४० वर्ष जेल जीवन बिताएका दुर्गाप्रसाद अघिल्लो शनिवार रिहा भएका थिए । उनी चैत ८ मा घर इलाम पुगेका थिए । निवेदन पेश गरेको केहीछिन् मै उनलाई नागरिकता दिइएको प्रशासन कार्यालय इलामले जनाएको छ । उनको नागरिकतामा नाम दुर्गा प्रसाद तिम्सिना रहेको छ । भारतीय जेलमा भने उनको नाम दिपक जैसी रहेको थियो । माई नगरपालिका १० निवासी उनको जन्म मिति २०१७ साउन २ गते कायम भएको छ ।

    images
    images
    images

    बिनाकसूर ४० वर्ष जेलमा बिताएको क्षतिपूर्ति दिन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिइसकेको छ। नागरिकता प्राप्त भएसँगै भारतीय पक्षसँग कानूनी रुपमा लड्न सजिलो भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij