
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । कीर्तिपुरबाट एक हजार दरको ४९ र ५ सय दरको ५६ वटा नोट बरामद भएको हो । कलंकीबाट ५ सय दरका ९ वटा नोटसहित बाफल बस्ने ३९ वर्षीया माया तामाङ पक्राउ परेकी थिइन् । प्रहरी वृत्त, कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपछि सोधपुछ गर्दा कीर्तिपुरमा नोट छाप्ने मेसिन रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । कीर्तिपुरमा रौतहट भएका ३५ वर्षीय गनबहादुर लोप्चनको कोठामा खानतलासी गर्दा अन्य नोटहरु भेटिएको सिंहले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij