Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् । ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल देउवालाई भेट्न शुक्रबार उनकै निवास पुगेका थिए ।
ओली विश्वासको मत लिनभन्दा पनि संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त हुने रणनीतिमा रहेको विषयमा समेत दुई नेताबीच कुरा भएको स्रोतको दाबी छ । त्यही अनुसार लुम्बिनी प्रदेशमा ट्रायल गरेको विश्लेषण भइरहेका बेला जनता समाजवादी पार्टीको समर्थन पाउने अवस्थामा ओलीले प्रधानमन्त्रीमा आफूलाई पुनर्नियुक्ति गरेर दुई वर्षका लागि पद सुनिश्चित गर्ने रणनीतिमा रहेको कांग्रेस नेताहरूको बुझाइ छ ।
दाहाल र देउवाले ओलीको पक्षमा बहुमत जुट्न नदिने समझदारी गरेका छन् । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेकाले त्यसलाई कसरी असफल बनाउने भन्नेबारे दुई नेताबीच छलफल भएको जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij