Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्वोच्च अदालत बारको चुनावी मैदानमा पुर्णमान र रवि नारायण

पूर्णमानको पकड र रविको रफ्तारमा कसको वर्चश्व ?

पूर्णमानको पकड र रविको रफ्तारमा कसको वर्चश्व ?

  • २०७७ पुस ४ गते हुने चुनावका लागि डेमोके्रटिक लयर्श एसोसिएसन (डिएलए) ले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा र प्रगतिशील लयर्श एसोसिएसन (पिएलए) समूहको वरिष्ठ अधिवक्ता रवि नारायण खनाल नेतृत्वको टोली प्रतिस्पर्धामा उतारेको छ । 

    onlinepatrika
    Arghakhachi

    काठमाडौ । कोरोना महामारी र चिसो मौसमका विच प्रत्यक्ष विधिबाट हुन गइरहेको सर्वोच्च अदालत बार एशोसिएसनको चुनावी माहौल तातिएको छ । यो चुनावलाई सत्ताधारी कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष काँग्रेसको टक्करका रुपमा हेरिएको छ । मतका माध्यमबाट सर्वोच्च बारका पदाधिकारीका साथै नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद (पार्षद्) समेत चयन गरिने छ । 

    AGNI GROUP

    २०७७ पुस ४ गते हुने चुनावका लागि डेमोके्रटिक लयर्श एसोसिएसन (डिएलए) ले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा टोली चुनावी मैदानमा खडा गरेको छ भने प्रगतिशील लयर्श एसोसिएसन (पिएलए) समूहको वरिष्ठ अधिवक्ता रवि नारायण खनाल नेतृत्वको टोली प्रतिस्पर्धामा उतारेको छ । 

    शाक्यको नेतृत्वमा उपाध्यक्षमा नमराज रिजाल, सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की, सदस्यहरुमा अमिता गौतम पौडेल, राजेन्द्र प्रसाद साह, विजय कुमार प्रधान, ज्योतिदेव पनेरु,ओमकृष्ण श्रेष्ठ, विकाश शर्मा भट्टराई, खडानन्द कडेल, मिराज श्रेष्ठ, डा.रामहरि त्रिपाठी र अधिवक्ता निर्मला भण्डारीलाई प्रतिश्पर्धामा उतारेको छ । 

    खनालको नेतृत्वमा उपाध्यक्षका लागि मुकुन्दप्रसाद पौडेल, सचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा श्यामकुमार खत्री, सहसचिवमा शोभा कार्की, सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने,अन्तराज लुइृटेल, तिलक विक्रम पाण्डे, अनन्त कार्की, दीपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविलाल घिमिरे, लेखनाथ भट्टराई, दिलकुमार्री राइ र देवी रेग्मीलाई खडा गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट