काठमाडौं । बुधबार प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्य देखि पुर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू-भागको एक दुई स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae” को प्रभाव रहेको देखिन्छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। यस्तै कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र पानीको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशको कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।