Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यी हुन् चाँडै घर फिर्ती हुने एसएसपीहरु  !

यी हुन् चाँडै घर फिर्ती हुने एसएसपीहरु  !

  • आठजना मध्ये चारजना अतिरिक्त महानिरीक्षक र बाँकी चारजना पनि डिआइजीपीबाट अवकाश हुनेछन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनका व्याजीहरूको जागिरको कार्यकाल २०७९ बैशाख १८ गते सम्म छ । ३० बर्षे सेवाअवधिका हिसाबले उनीहरू अवकाश हुनेछन् । एसएसपीदेखि आइजीपी सम्मगरि १६ जनाले अनिवार्य अवकाश पाउनेछन् । 

    AGNI GROUP

    उनको समूहका आठजना मध्ये चारजना अतिरिक्त महानिरीक्षक र बाँकी चारजना पनि डिआइजीपीबाट अवकाश हुनेछन् । अहिले भएका सिनियर र बढुवामा छुटेका एसएसपीहरू भने दुईजना बाहेक अरू एसएसपीमा घर जाने स्थिति देखिएको छ। हालको नियम अनुसार एसएसपी र एसपीको उमेरको हद ५५ बर्ष रहेको छ।

    उमेरको यही हदका कारण एसएसपी दिलिप चौधरी ०७८ असार, सुशील कुमार यादव ०७८ असोज, हरिराज वाग्ले ०७८ असोज, पूजा सिँह ०७८ माघ, बिक्रम चन्द ०७८ पुस, देव बहादुर बोगटी ०७८ पुस, राजेन्द्र चौधरी ०७८ भदौ, नर बहादुर खत्री ०७८ कार्तिक, महमद आलम खाँ ०७८ भदौ र किशोर दाहाल ०७८ मंसिरमा अवकाश हुन्छन् । अर्का एसएसपी प्रदिप कुमार श्रेष्ठ भने ०७९ बैशाख १८ गते आइजिपी र उनको समूहहरूसँगै अवकाश हुन्छन् भने मोहन आचार्य र नल प्रसाद उपाध्याय बाँकी रहन्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट