Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय

महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय

  • काठमाडौं । नेपालले पहिलो पटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो । नेपाल भलिबल संघ (एनभिए) को बुधबार बसकेको कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको हो । ‘पछिल्लो वर्ष हामीले महिला भलिबलमा राम्रो प्रदर्शन गरेका छौं’, अध्यक्ष मनोरञ्जन शर्माले भने भने,‘ अब दक्षिण एसियाली भन्दा माथिल्लो स्तरमा पनि सहभागी गराउनु पर्दछ भन्ने उद्देश्यका साथ महिला टोलीलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेका हौं ।

    onlinepatrika
    Arghakhachi

    संघले निर्णय गरेपनि अब युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जानकारी गराएर प्रशिक्षणको तयारी गरिने शर्माले जानकारी दिए । च्याम्पियनसिप अगष्ट २९ सेप्टेम्बर ५ सम्म चीनको जियाङमेनमा हुनेछ । त्यसका लागि अर्को महिनासम्म टोली दर्ता गरिसक्नु पर्ने प्रावधान रहेको छ ।

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट