Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुनेको कूल संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेसँगै नेपालमा निको हुनेको दर ९७ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ७७६ सहित कूल संक्रमितको संख्या २ लाख ५१ हजार ६०० पुगेको छ ।
मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि ९,५८० जनामा सक्रिय सङ्क्रमण छ। मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,७४९ सङ्क्रमितको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९४७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij