Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई हाजिर नगराउने ३५ वटा स्थानीय तहको अनुदान रकम कट्टा गर्ने भएको छ। समायोजन भई स्थानीय तहमा गए पनि हाजिर हुन नपाएका कर्मचारीलाई तलब, भत्ता खुवाउन उक्त अनुदान रकम कट्टा गर्न लागिएको मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारीले जानकारी दिए।
‘पहिले स्थानीय तहहरूले कर्मचारी चाहियो भने। लोक सेवा आयोगबाट कर्मचारी भर्ना गरेर ती स्थानीय तहमा पठाइयो,’ सहसचिव अधिकारीले बताउनु भयो । विभिन्न बाहना बनाएर कर्मचारीलाई हाजिर गराएनन्, फिर्ता पठाए। त्यसैले अनुदान कट्टा गर्ने निर्णय भएको हो।’ यो अवधिमा ३५ स्थानीय तहबाट कूल एक करोड ८८ लाख १८ हजार आठ सय रूपैयाँ अनुदान कट्टा गर्न लागिएको छ। ३५ वटा स्थानीय तहमा हाजिर गर्न नपाएर ४५ जना कर्मचारी मन्त्रालयमै फिर्ता भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij