Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वादिलो खान्की किन्नेहरु होशियार, चल्दैछ म्याद गुज्रिएका खाद्य सामाग्रीको बजार

स्वादिलो खान्की किन्नेहरु होशियार, चल्दैछ म्याद गुज्रिएका खाद्य सामाग्रीको बजार

  • प्रहरी टोलीले गोदाममा ठूलो परिमाणमा म्याद गुज्रिएका विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामाग्री नयाँ उत्पादन मिति राखेर बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुबेर खापुङले बताए । 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । महानगरीय अपराध महाशाखा र वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले म्याद गुज्रिएका खाद्यबस्तु रिलेभलिङगरि बिक्री वितरण गर्नेलाई पक्राउ गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङगरि आफुखुसी महंगो मूल्यसमेत राखी बजारमा बिक्री वितरण गरिरहेको गोप्य सूचनामा अनुसन्धान गर्दा अगद नेपाल भेन्चर प्रालिका संचालक प्रभाव देव र सुपरभाइजर सुवास खड्कालाई पक्राउ गरिएको हो । 

    AGNI GROUP

    प्रहरी टोलीले गोदाममा ठूलो परिमाणमा म्याद गुज्रिएका विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामाग्री बिस्कुटहरु (डाइजेष्टिभ, कोकोनट कुकिज, बटर कुकिज, पास्ता, सेवाई, कर्नफ्लेक्सलगायतका म्याद गुज्रिएका सामानहरुलाई समेत मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङगरि थोक तथा खुद्राका लागि बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुबेर खापुङले बताए । 

    date expried1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट