Jun 04 2026 | २०८३, जेठ २१ गते
जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न गराएको र अनुसन्धानमा अब्बल परिणाम ल्याएको भन्दै महानगरिय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी किरण बज्राचार्यलाई सम्मान गरिएको हो ।
ललितपुर । महानगरिय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी किरण बज्राचार्य सम्मानित हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न गराएको र अनुसन्धानमा अब्बल परिणाम ल्याएको भन्दै सम्मान गरिएको हो । ललितपुरमा प्रशंसनीय सुरक्षाको नेतृत्वमा देखिएकी एसएसपी बज्राचार्यलाई गृह सचिव टेक नारायण पाण्डेले सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो ।
'कोरोनाको कहर रहँदा आफ्नो कर्तव्य र दायित्व निर्वाहमा अहोरात्र सक्रिय रहनुभएकोले सम्मान गरिएको हो ।' ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले भन्नुभयो, ‘यसैको कदर गरेर अझै उर्जाशील बन्न सकोस् भनेर सम्मानित गरेका हौं ।'
ललितपुर प्रशासनबाट प्रशंसा पत्र प्राप्त गरेपछि एसएसपी बज्राचार्यले भन्नुभयो, ‘प्रहरीको काम र कर्तव्यको मूल्यांकनप्रति निकै आभारी छौं, यो प्रशंसाको हकदार सिंगो ललितपुर प्रहरीको टिमवर्क नै हो ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij