Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंगो ललितपुरमा ललितपुर प्रहरीको सुक्ष्म निगरानी !

सिंगो ललितपुरमा ललितपुर प्रहरीको सुक्ष्म निगरानी !

  • ‘दशैं, शुभ दिपावली र छठपर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित र पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन ४ प्रकारको सुरक्षा रणनिति तयगरि प्रहरीको दुरुस्त र योजनाबद्ध परिचालन गरिएको छ,’ महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी बज्राचार्यले बताइन् ।

    onlinepatrika
    Arghakhachi


    काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले आफु मातहत रहेका सबै युनिट र उनीहरुसँग रहेको प्रविधिको उच्चतम प्रयोगगर्दै चाडबाड सुरक्षा योजना तयार गरेको छ । परिसरले जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रमा चाडपर्वमा हुने अपराध नियन्त्रणको योजना बनाएको हो । 

    AGNI GROUP

    परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुरलाई विगतको अपराध ‘ट्रेन्ड’ बिश्लेषणपछि सोही अनुसार विभाजन गरेर सुरक्षा फौज परिचालन गरिने जानकारी दिइन् । उनले मोटरसाइकल गस्ती, ठाँउठाँउमा पिकेट र साना–ठुला अपराध हुने स्थानमा चौबिसैं घण्टा प्रहरीको उपस्थितीलाई आफैले मोनिटरिङ गर्ने बताइन ।

    सुरक्षा योजना अनुसार ललितपुरमा ३१ वटा क्यूआरटी गस्ती र ४० स्थानमा पिकेटको व्यवस्था गरिएको छ । यस्तै विट ५ स्थानमा रहनेछ । यस्तै ३ वटा तत्काल रिजर्व टिम तयारी अवस्थामा रहनेछ । यो टिम आपतकालिन् अवस्थामा तत्काल परिचालन हुनेछ । ललितपुरमा २५ वटा विहान, दिउँसो र राती परिचालन हुनेछ । उनीहरुलाई सादा पोशाकमा खटिएको ११ वटा टोलीले आवश्यक सूचना उपलब्ध गराउने छ। 


    ‘नेपालीहरुको महान पर्व वडा दशैं, शुभ दिपावली र छठपर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित, भरपर्दो, विश्वसनिय र मजबुत बनाई जनजिवन सामान्य तुल्याउन र देश विदेशबाट घर फर्कने र उपत्यकाबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरु समेतलाई पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन र कुनै पनि किसिमको असामाजिक, अप्रिय र अपराधिक घटना घट्न नदिन ४ प्रकारको सुरक्षा रणनिति तय गरि प्रहरीको दुरुस्त र योजनाबद्ध परिचालन गरिएको छ,’ एसएसपी बज्राचार्यले भनिन् ।

    परिसरले चाडबाडमा बढी हुने चोरी नियन्त्रण, जुवातास नियन्त्रण, गुण्डा गर्दी, स्नाचिङ्ग, पाकेटमारी, अर्थिक कारोबार हुने कालो बजारी, सपिङ्ग महलहरु, गहना पसलहरु, दशैं बजार लगायतका अन्य अपराध समेत नियन्त्रण गर्न यो रणनीति प्रभावकारी हुने जनाएको छ । यस्तै प्रहरी र ट्राफिकका हटलाईन र प्रहरीसँग सम्वद्ध रहने सामाजिक सञ्जाल तथा एपलाई समेत मोनिटरिङ गर्दै त्यहाँ आउने सूचना रणनीति समेत बिश्लेषण गर्ने परिसरको योजना छ । उसले जिल्लामा रहेका सबै क्लोज सर्किट क्यामेराको समेत नियमित मोनिटरिङ गर्नेछ । 

    ‘एम्बुसिङ, डग स्नीफिङका साथै समुदायसँग सहकार्य हाम्रा सुरक्षा योजनामा जोडिएका छन्,’ एसएसपी बज्राचार्यले भनिन्, ‘अपराध नियन्त्रणका साथै नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सकुन्, यसका लागि हामी सक्रिय छौं ।’  परिसरले  यात्रुहरुलाई सहज यात्रा गर्न वसपार्क इलाकाहरु र सेवा ग्राहीहरुलाई विशेष सुविधा दिन ललितपुरको ३ स्थानमा सहायता कक्ष निर्माण गरेको छ । सातदोबाटो, लगनखेल र एकान्तकुनामा रहेका यी सहायता कक्ष मार्फत नागरिकलाई आवश्यक सूचना र सहयोग उपलब्ध हुनेछ । यस्तै सातदोबाटो, ग्वार्को, बालकुमारी, चापागाउ, लगनखेलमा रहेका बसपार्कमा समेत प्रहरी परिचालन गरिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट