Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरका प्रजिअ घनश्याम उपाध्याय भन्छन्, 'म थोरै समय बस्छु, ललितपुरलाई चिनाएरै जान्छु' 

ललितपुरका प्रजिअ घनश्याम उपाध्याय भन्छन्, 'म थोरै समय बस्छु, ललितपुरलाई चिनाएरै जान्छु' 

  • अनलाइन पत्रिका मिडिया ग्रुपको टोलीसँगको परिचयात्मक बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘राम्रो गर्नको लागि यहाँको जिम्मेवारी लिएर आएको छु, नराम्रोतिर ध्यान दिन्न ।’

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सेवाग्राहीको सेवामा सक्रिय रहन मातहतका कर्मचारीलाई आग्रह गरेका छन् । ललितपुरको जिम्मेवारी सम्हाल्दै प्रजिअ उपाध्यायले सेवाग्राहीलाई अनावश्यक दुःख दिएर आर्थिक प्रलोभनमा काम नगर्न चेतावनी समेत दिएका छन् । 

    AGNI GROUP

    ‘जिल्ला प्रशासन कार्यालयभित्र दुई रुपैयाँ खाएको थाहा पाए सिधै कारवाही गर्छु,’ अनलाइन पत्रिका मिडिया ग्रुपको टोलीसँगको परिचयात्मक बैठकमा प्रजिअ उपाध्यायले भने, ‘राम्रो गर्नको लागि यहाँको जिम्मेवारी पाएको छु, नराम्रोतिर ध्यान जान दिन्न ।’

    प्रजिअ उपाध्यायले आफ्नो सरकारी अनुभव सुनाउँदै भने, ‘म छोटो समयको लागि ललितपुर आएको छु, ललितपुरलाई चिनाएरै जान्छु । ललितपुरसँग जोडिएका सम्बन्धित सबैलाई प्रजिअ उपाध्यायले निर्धक्क आह्वान गर्दै भने, ‘मलाई सुझावको खाँचो छ, कहाँ कसरी सुधार्न सकिन्छ, आउनुस् मिलेर ललितपुरलाई उत्कृष्ट बनाउन हातेमालो गरौं ।' 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट