Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

प्युठानमा टिपरको ठक्करबाट बावुछोराको मृत्यु

प्युठानमा टिपरको ठक्करबाट बावुछोराको मृत्यु

  • प्युठान । टिपरको ठक्करबाट प्युठानमा अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा प्युठान नगरपालिका- ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उनका ४ वर्षीय छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

    images

    सोमबार (आज) दिउँसो चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा. १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका-५ स्थित चकचके- चेरनेटा सडकखण्डमा ठक्करदिँदा उनीहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, सो दुर्घटनामा अटोमा सवार अन्य चार जना घाईते छन् । घाइतेहरुमा प्युठान नगरपालिका – ३ बस्ने ८ वर्षीया दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा रहेका छन् ।

    घाइतेहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ ।

    images

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij