Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

संसद भवन पुगेर हस्ताक्षर गर्दैै सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूह

संसद भवन पुगेर हस्ताक्षर गर्दैै सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूह

  • काठमाडौँ । सत्तारुढ नेकपाका असन्तुष्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसदहरु संसद भवन पुगेर हस्ताक्षर संकलन गर्न थालेका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेसँगै त्यसको विरोध भइरहेका बेला प्रचण्ड–नेपाल पक्षका सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन्। संसद भवन बानेश्वरमा प्रचण्ड, नेपाललगायतका सांसदहरु उपस्थित छन्। आइतबार बिहान प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिसलाई दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्। ओलीले सोमबार बिहान बालुवाटारमा आफु पक्षका सांसदलाई बोलाएर जनतासँग माफी माग्न र नयाँ जनादेशका लागि आग्रह गर्न निर्देशन दिएका थिए।

    AGNI GROUP

    राष्ट्रपति भण्डारीले आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न मिति तोकेकी छिन्। पार्टीको आन्तरिक कलहबीच ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको चर्को विरोध भइरहेको छ।प्रधानमन्त्री र राष्ट्रपति दुवैले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेको भन्दै उक्त निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालतमा करिब एक दर्जन रिट दर्ता हुने क्रममा छन्।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij