Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप बिहीबार (आज)देखि सुरु हुँदै छ । उद्घाटन खेल मेक्सिको सिटीमा स्थानीय समयअनुसार दिउँसो १ बजे हुनेछ । मेक्सिको सिटीभन्दा नेपाल १० घण्टा ४५ मिनेट अगाडि भएकाले उद्घाटन खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच २९ जेठ बिहान १२ः४५ बजे भिडन्ड हुँदैछ । उद्घाटन खेलमेक्सिको सिटीस्थित एस्टाडियो एज्टेका रंगशाला र फाइनल अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ रंगशालामा हुनेछ ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने २३औं संस्करणको विश्वकप २८ जेठदेखि आगामी ३ साउनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल अमेरिकाका ११ सहर, मेक्सिकोका ३ सहर र क्यानडाका २ सहरमा हुनेछन् । सन् २००२ पछि पहिलोपटक दुईभन्दा बढी राष्ट्रले संयुक्तरूपमा विश्वकप आयोजना गर्न लागेका हुन् ।
आयोजकमध्ये मेक्सिको विश्वकप तीनपटक आयोजना गर्ने पहिलो राष्ट्रसमेत बनेको छ । यसअघि, उसले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको छ । क्यानडाले भने पहिलोपटक विश्वकपको सहआयोजना गर्दै छ भने अमेरिकाले यसअघि सन् १९९४ आयोजना गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij