Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

‘जाक्दिन्छु समाएर अनि थाहा हुन्छ’: सांसद केपी खनाल

‘जाक्दिन्छु समाएर अनि थाहा हुन्छ’: सांसद केपी खनाल

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नै मतदातालाई धाकधम्की दिएको भिडिओ सार्वजनिक भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कैलालीको लम्कीचुहा अस्पतालको विषयमा आयोजित छलफलका क्रममा सांसद खनालले प्रश्न उठाउने व्यक्तिप्रति आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सार्वजनिक भएको भिडिओमा सांसद खनालले औंला ठड्याउँदै ‘कल्ले भन्यो प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ’ भन्दै गरेको देखिन्छ ।

    AGNI GROUP

    खनालले थप भनेका छन्, ‘यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनाधिकृत बोल्न मिल्छ ? कल्ले फोन गर्‍यो ? प्रमाण छ तपाईंसँग ?’छलफलका क्रममा सांसद खनालले अस्पताल सञ्चालन हुनुपर्ने र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । प्रदेश सरकारले सञ्चालन गर्न नसके संघ सरकारले सञ्चालन गर्ने उनको भनाइ थियो ।

    भिडिओ सार्वजनिक भएपछि सांसद खनालको चौतर्फी आलोचना भइरहेको छ । नागरिकका गुनासा र सुझाव सुन्न निर्वाचन क्षेत्रमा रहेका सांसद खनाल लम्कीचुहा अस्पतालको सेवा र समस्या’दयगत छलफलमा सहभागी भएका थिए । तर, सांसद खनाल नै छलफलमा आक्रोशित बने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij