Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । नेपाली जनसम्पर्क समिति भारतको कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी भएनन्।
भारतको महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा नेपाली जनसम्पर्क समितिको १० औं महाधिवेशन थियो।
उक्त महाधिवेशनमा सभापति गगन थापालाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो।
शनिबार महाधिवेशनको उद्घाटन सत्र चलेको थियो। तर सभापति थापा उक्त कार्यक्रममा गएनन्।
‘सभापतिज्यू मुम्बईमा हुने नेपाली जनसम्पर्क समिति भारतको कार्यक्रमा जाने कार्यक्रम थियो तर भारतमा विद्यार्थीहरूको आन्दोलन रहेको र धेरै मानिस भेला हुन नपाउनेजस्ता विभिन्न कारण उहाँ जानुभएन,’ थापाका स्वकीय सचिव शंकर कुइँकेलले भने।
भारतमा कक्रोच जनता पार्टी (सिजेपी) को आह्वानमा प्रदर्शन भइरहेको थियो।
राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको प्रकरणमा गत सोमबारदेखि आन्दोलन चर्किएको थियो।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट शनिबार राजीनामा दिएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij