Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

अमेरिका र इरानबीचको सैन्य द्वन्द्व

इरानमाथि लगातार हमला

इरानमाथि लगातार हमला

  • काठमाडौं । होर्मुज जलमार्गलाई लिएर बढ्दो तनावबीच अमेरिका र इरानबीचको सैन्य द्वन्द्व झन् चर्किएको छ । अमेरिकी सेनाले नेपाली समयअनुसार गएराति इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    अमेरिकी सेन्ट्रल कमान्डले पछिल्ला आक्रमणको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ, जसबाट उसले क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा सर्वसाधारण नाविकहरूलाई खतरा पुर्‍याइरहेको अमेरिकाको दाबी छ । अमेरिकाले होर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायात सुरक्षित र निर्वाध बनाउन कारबाही जारी राखिएको जनाएको छ ।

    AGNI GROUP

    अमेरिकी आक्रमणपछि इरानका सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग नजिकैको बन्दर अब्बास र केश्म द्वीप आसपास विस्फोट भएको जानकारी दिएका छन् । त्यसैगरी उत्तर–पश्चिमी क्षेत्र एन्दिमेश्क र ओमिदियेह आसपास पनि विस्फोट भएको खबर सार्वजनिक भएको छ । यद्यपि, ती घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

    अर्कोतर्फ, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरेबियाका दुईवटा तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजहरूमाथिको आक्रमण जारी रहे हुथी विद्रोहीहरूले कडा सैन्य सजाय भोग्नुपर्ने चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij