Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । भारतमा जुलाई २० मा ककरोच जनता पार्टीले आयोजना गरेको ‘संसद् चलो’ मार्चका क्रममा प्रदर्शनकारीमाथि ‘पेलेट गन’ प्रयोग गरियो । कन्नट प्लेस क्षेत्रमा खटिएका र्यापिड एक्सन फोर्स (आरएएफ)का एक जवानले आफ्नो पेलेट गनबाट कम्तीमा सात राउन्ड फायर गरेको पुष्टि भएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)को आन्तरिक छानबिन प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ । सात राउन्ड फायर गरिएको छानबिनबाट पुष्टि भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको हो ।
तीमध्ये पाँच राउन्डका छर्रा सिधै प्रदर्शनकारीलाई लागेको थियो । दुई राउन्ड जमिनमा ठोक्किएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदर्शनकारीको भीडले सुरक्षाकर्मीमाथि आक्रमण गर्दै ढुंगामुढा गर्न थालेपछि सीआरएएफका जवानले पेलेट गन प्रयोग गरेका थिए । उक्त घटनामा कम्तीमा तीनजना गम्भीर घाइते भएका थिए ।
आउटलुक म्यागजिनमा कार्यरत २८ वर्षीय एक खेल पत्रकारको शरीरमा पनि ३० भन्दा बढी छर्रा लागेको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij