Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

अध्यक्ष ओलीलाई सम्झाउन पौडेल र पोखरेल गुण्डुमा

अध्यक्ष ओलीलाई सम्झाउन पौडेल र पोखरेल गुण्डुमा

  • काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सम्झाउन एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ओलीको गुण्डुस्थित निवास पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश सरकारमा नेकपासँग साझेदारी गर्ने सहमतिपछि उत्पन्न विवाद र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा उत्पन्न मतभेद सम्झाउन पौडेल र पोखरेल गुण्डु पुगेका हुन । प्रदेश सरकार गठन गर्ने सम्बन्धमा नेकपासँग भएको ३ बुँदे सहमतिपूर्व पार्टीमा छलफल नगरेको भन्दै नेताहरु अध्यक्ष ओलीसँग असन्तुष्ट छन् ।

    AGNI GROUP

    त्यसमाथि कोशी र लुम्बिनी प्रदेशमा भइरहेका मुख्यमन्त्रीलाई हटाएर अर्को मुख्यमन्त्री बनाउने तयारी, बागमतीमा संसदीय दलको नेतालाई नबनाएर अरुलाई मुख्यमन्त्री बनाउने ओलीको मनस्थितिका कारण पार्टीमा थप जटिलता उत्पन्न हुने भन्दै पौडेल र पोखरेलले त्यसो नगर्न ओलीलाई सम्झाउन आएका छन् ।

    एमाले स्रोतका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन लगभग तयार भएका कारण उक्त प्रतिवेदनमा उल्लेखित विषयमा पनि अध्यक्ष ओलीसँग पौडेल र पोखरेलले कुरा गर्दै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij