Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले सामुहिक राजीनामा दिँदै

लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले सामुहिक राजीनामा दिँदै

  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसबाट सरकारमा सहभागी खानेपानी तथा सहरी विकासमन्त्री सरोज थापा, आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, सामाजिक विकासमन्त्री जन्मजय तिम्सेना, पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।

    AGNI GROUP

    राजीनामा आइतबार नै बुझाउने तयारी भए पनि सार्वजनिक बिदा र मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेकाले सोमबारका लागि सारिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्।

    लुम्बिनी प्रदेशमा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा २०८१ साउनमा एमाले नेतृत्वमा सरकार गठन भएको थियो। हाल चेतनारायण आचार्य मुख्यमन्त्री छन्।

    नयाँ सरकार गठनका लागि एमाले र नेकपाबीच शनिबार तीन बुँदे सहमति भएको छ। ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र सभामुखसहित नेकपाका १३ सांसद रहेकाले दुवै दलको गठबन्धनले सहज बहुमत प्राप्त गर्ने अवस्था देखिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij