Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

इरानसँग ७० प्रतिशत हतियार सुरक्षित, रितिँदै अमेरिकी भण्डार

इरानसँग ७० प्रतिशत हतियार सुरक्षित, रितिँदै अमेरिकी भण्डार

  • काठमाडौं । इरानसँग अझै पनि ठूलो मात्रामा क्षेप्यास्त्र, ड्रोन र रकेट मौज्दात रहेकाले युद्ध लम्बिँदै गए अमेरिकाभन्दा तुलनात्मक रूपमा बढी टिकाउ अवस्थामा रहन सक्ने अमेरिकी सैन्य विश्लेषकले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी वायुसेनाका पूर्व कर्णेल तथा सैन्य विश्लेषक सेड्रिक लेटनले सीएनएनसँगको अन्तर्वार्तामा इरानले आफ्नो प्रारम्भिक हतियार भण्डारको करिब दुईतिहाइ हिस्सा अझै सुरक्षित राखेको अनुमान व्यक्त गरेका छन् ।

    AGNI GROUP

    उनका अनुसार महिनौँदेखि जारी अमेरिकी हवाई आक्रमणका बाबजुद इरानसँग मिसाइल, ड्रोन र रकेटको पर्याप्त मौज्दात कायम छ ।

    लेटनका अनुसार अमेरिकी सेनाले इरानका कमाण्ड तथा नियन्त्रण केन्द्र, हतियार प्रणाली र विभिन्न सैन्य पूर्वाधारमा प्रभावकारी आक्रमण गरेको भए पनि इरानको प्रतिआक्रमण क्षमता पूर्ण रूपमा निष्क्रिय बनाउन सफल भएको देखिँदैन ।

    इरान अझै पनि मिसाइल र ड्रोन आक्रमण गर्न सक्षम रहेको उनको विश्लेषण छ ।

    उनले युद्ध सुरु भएयता अमेरिकाले एक हजार ४०० भन्दा बढी ‘प्याट्रियट’ अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको हुन सक्ने अनुमान पनि प्रस्तुत गरेका छन् ।

    यदि यो तथ्यांक सही ठहरिए अमेरिकी हतियार भण्डारमा उल्लेखनीय दबाब पर्ने र नयाँ क्षेप्यास्त्र उत्पादन गरी भण्डार पुनः भर्न वर्षौं लाग्न सक्ने उनको भनाइ छ ।

    लेटनले इरानविरुद्ध निरन्तर उच्चस्तरीय तथा महँगा सटीक हतियार प्रयोग भइरहँदा अमेरिकाले अन्य सम्भावित सुरक्षा चुनौतीका लागि आवश्यक हतियारको उपलब्धता व्यवस्थापन गर्न कठिनाइ सामना गर्न सक्ने चेतावनी दिएका छन् ।

    यसैबीच, सीएनएनका अनुसार अमेरिकी संयुक्त सैन्य प्रमुखहरूको समितिका अध्यक्ष जनरल ड्यान केनले गत शुक्रबार ह्वाइट हाउसमा आयोजित बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष अमेरिकी हतियार भण्डार घट्दै गएको विषयमा चिन्ता व्यक्त गरेका थिए ।

    स्रोतहरूका अनुसार उनले इरानसँगको युद्ध थप चर्किए त्यसले अमेरिकी सैन्य क्षमता तथा विश्वव्यापी सुरक्षा दायित्व निर्वाहमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij