Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न आदेश

इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न आदेश

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको अहिलेसम्मकै ठूलो सैन्य कारबाहीलाई हालका लागि रोकेका छन्। द न्युयोर्क टाइम्स र एक्सियोस को रिपोर्टअनुसार, शुक्रबार आफ्ना शीर्ष सल्लाहकारहरू र मन्त्रिपरिषद्का सदस्यहरूसँगको उच्चस्तरीय बैठकपछि ट्रम्पले सेनालाई नयाँ ठूला हमलाहरू रोक्न निर्देशन दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी सैन्य अधिकारीहरूले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य हवाई रक्षा हतियारहरूको भण्डार गम्भीर रूपमा घट्दै गएको चेतावनी दिएका थिए।

    AGNI GROUP

    जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले इरानविरुद्ध ठूलो सैन्य अभियान चलाउँदा मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिक र उसका सहयोगी राष्ट्रहरूको सुरक्षा खतरामा पर्न सक्ने सल्लाह दिएका थिए। रिपोर्टअनुसार, अप्रिलको अन्त्यसम्ममा अमेरिकाले १,२०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर मिसाइलहरू प्रयोग गरिसकेको छ।

    हमला रोक्ने यो निर्णय अस्थायी हो वा दीर्घकालीन भन्नेबारे अझै स्पष्ट भइसकेको छैन, यद्यपि अमेरिकी सेना आवश्यक परेमा ठूलो सैन्य अभियानका लागि तयार रहने जनाइएको छ।

    परिणामस्वरुप, लगातार १३ रातसम्म इरानका सैन्य अखडाहरूमा बमबारी गर्दै आएको अमेरिकाले शुक्रबार राति भने कुनै पनि हमला गरेन।

    इरानले बहराइनमा रहेको अमेरिकी फिफ्थ फ्लिटको नौसैनिक अखडामा ड्रोन र मिसाइल प्रहार गरेको छ, जसका कारण त्यहाँ कैयौँ ठूला विष्फोटहरू भएका छन्।

    जोर्डन घटनापछि अमेरिकामा बढ्दो चिन्ता

    हालै जोर्डनमा ३ जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाभित्र चिन्ता बढेको छ। इरानी ड्रोन र मिसाइल हमलाका क्रममा एउटा ब्यालिस्टिक मिसाइल अमेरिकी सुरक्षा घेरा तोडेर भित्र छिरेको थियो।

    विगत दुई हप्तादेखि जारी सैन्य तनावबीच शनिबार पहिलो पटक रातिको समयमा कुनै हवाई हमला भएन। यद्यपि, पेन्तागनले सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै मध्यपूर्वमा थप सैन्य बल र हतियार पठाएको छ।

    अमेरिकी सैन्य रणनीतिकारहरूले इरानका ऊर्जा संरचना, यातायात सञ्जाल र पिकएक्स माउन्टेनमा रहेको आणविक केन्द्रमा हमला गर्ने विकल्पहरूसमेत तयार पारेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij