Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सन् २०२६ फिफा विश्वकपमा १० गोलसहित सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बनेका छन् ।
उनले यसअघि कतार विश्वकप २०२२ मा पनि आठ गोलसहित यही पुरस्कार जितेका थिए ।
यससँगै एम्बाप्पे पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
उनका नाम २२ विश्वकप गोल पुगेका छन्, जुन लियोनल मेसीभन्दा एक गोल बढी हो ।
मेसीले प्रतियोगिता आठ गोलसहित टुंग्याए भने इंग्ल्यान्डका जुड बेलिङम र नर्वेका एर्लिङ हालान्डले समान सात गोल गरे ।
यता विश्वविजेता स्पेनले व्यक्तिगत पुरस्कारमा वर्चस्व जमायो ।
कप्तान रोड्रीले गोल्डेन बल, गोलकिपर उनाइ सिमोनले गोल्डेन ग्लोभ र १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको पुरस्कार जिते ।
मेसीले सिल्भर बल तथा एम्बाप्पेले ब्रन्ज बल प्राप्त गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij