Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन्। विवाद चर्केर पार्टी फुटको अवस्थामा पुगेका बेला बादललाई मनाउन प्रचण्ड पुल्चोक पुगेका हुन् । प्रचण्डले हिजो सोमबार पनि बादलसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक’ तरिकाले संसद भंग गरेसँगै सात जना मन्त्रीले राजीनामा दिए पनि पूर्व माओवादीबाट मन्त्री बनेका बादल र लेखराज भट्टले राजीनामा दिएका छैनन् । पार्टी विभाजन हुनै लाग्दा थापा कुनै समूहतर्फ पनि खुलेका छैनन् । यद्यपी उनले हिजै मात्र दुबै अध्यक्षसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij