Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाइएको छ भने ओली पक्षको बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
बबरमहलमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने बताइएको छ । बैठकले पार्टीको महासचिव समेत चयन गर्ने तयारी गरेको छ ।
यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो भने हिजो संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij