Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

मुख्यमन्त्री शाही र राउतद्वारा ‘ख्रिष्टमस’को शुभकामना

मुख्यमन्त्री शाही र राउतद्वारा ‘ख्रिष्टमस’को शुभकामना

  • कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रिष्टमस’का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज सन्देश जारी गर्दै ‘ख्रिष्टमस’ले सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा आपसी सद्भाव, स्नेह, सहिष्णुता र भ्रातृत्वको भावना वृद्धि गर्दै राष्ट्रिय एकता, शान्ति र विकास निर्माणका लागि समेत योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतासहितको विविधतायुक्त देशभित्रको समाजमा मानिँदै आएका विभिन्न धर्म, संस्कृति एवं पर्वले नेपाली समाजलाई अझ बढी मौलिक र सम्पन्न बनाएको उल्लेख गर्दै उहाँले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै भौतिक दूरी कायम गरेर सङ्घीय तथा प्रदेश सरकारले निर्देशन गरेका स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डलाई पालना गरी सावधानीका साथ पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

    AGNI GROUP

    प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को सोच साकार पार्न सबै राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, सङ्घसंस्था, निजी क्षेत्र, पत्रकार सञ्चारकर्मीलगायत सबै कर्णालीवासीलाई सो पर्वले प्रेरित गर्ने विश्वास लिइएको मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।
    जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव तथा ‘क्रिसमस’ डेका अवसरमा प्रदेशवासीका साथै सम्पूर्ण इसाई धर्मालम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    सर्वसाधारणलाई विभेद, अन्याय, अत्याचारबाट मुक्ति दिलाउन येशु ख्रिष्टले दिनुभएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र  विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन् भनी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ  । क्रिसमस डेले सबैमा भाइचारा र सौहार्द सन्देश प्रदान गरोस् भन्ने कामना गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र पर्व मनाउन आग्रह गर्नुभएको छ । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij