Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

संसद विघटनविरुद्ध रिटमा ५ न्यायाधीशलाई पेसी तोकियो, को को परे ?

संसद विघटनविरुद्ध रिटमा ५ न्यायाधीशलाई पेसी तोकियो, को को परे ?

  • काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा  विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा  तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा उक्त पेशी तोकिएको हो ।  

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन परेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख, विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले आज  निवेदन दायर गर्नुभएको थियो ।

    AGNI GROUP

    त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी,  दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र  अच्युतप्रसाद खरेलले निवेदन दायर गर्नुभएको थियो ।  रिट निवेदनमा  निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ । 

    कानून व्यवासायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । यसअघि प्रधानन्यायाधीशको एकल इजलासले  नियमित इजलासमा दर्ता भएका १२ रिट निवेदन संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij