Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

वागमती प्रदेशका ८० मध्ये ४५ सांसदको प्रस्ताव : ‘मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य’

वागमती प्रदेशका ८० मध्ये ४५ सांसदको प्रस्ताव : ‘मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य’

  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्। मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नेकपाको प्रचण्ड–माधव समूहका ४५ सांसदले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    सांसदहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गरेका छन्। अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij