
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने(सीईओ) म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।
म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै न्यौपानेलाइ ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मानित गरेको हो ।
उनको ५ वर्षको कार्यकालमा बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट करिब ४ गुणाले बढेर २७४ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, गरी निक्षेप संकलन पनि ८६ अर्ब रुपैयाँबाट करिब ४ गुणाले बढेर ३०० अर्ब रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि करिब २ गुणाले बढेर ४१।४३ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij