Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

साइबर अपराध

धार्मिक सम्प्रदाय विरुद्धको भिडियो

धार्मिक सम्प्रदाय विरुद्धको भिडियो

साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो ।

  • काठमाडौं ।  धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो ।

    साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले  भिडियो बनाइएर सामाजिक संजालमा आइतबार राती पोष्ट गरेका थिए ।

    सो भिडियो सामाजिक संजालमा भाइरल भएपछी तत्काल पक्राउ गरी कारवाही गर्न यहाका अगुवाहरुले माग गरेका थिए ।

    प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरि अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्रमणी गिरीले सामाजिक संजालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij