Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने घोषणा गरेको छ।
मधेश प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले टुक्रे योजना ल्याएर बजेट रकम छर्ने प्रवृत्तिमा नियन्त्रण गरिने बताएका हुन्।
उनले प्रदेशको सीमित स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्न तथा विकास आयोजनाको गुणस्तर र प्रभावकारिता बढाउन एक करोड रुपैयाँभन्दा कम लागतका योजना नराख्ने नीति अवलम्बन गरिएको जानकारी दिए ।
‘टुक्रे योजना ल्याएर रकम छर्ने कार्यलाई निरुत्साहित गरिनेछ । अब एक करोड रुपैयाँभन्दा कमका योजना बजेटमा समावेश गरिने छैनन ।’
प्रदेश सरकारले यस नीतिमार्फत साना तथा छरिएका योजनाभन्दा ठूला र प्रतिफलमुखी आयोजनामा लगानी केन्द्रित गर्ने लक्ष्य लिएको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij