Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

अमेरिका पुग्यो इरानी फुटबल टिम

अमेरिका पुग्यो इरानी फुटबल टिम

  • काठमाडौँ । इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिका पुगेको छ।

    onlinepatrika
    Arghakhachi

    दुई देशबीच शान्ति सम्झौता घोषणा भइरहेको समयमै इरानी टोली लस एन्जलस पुगेको हो । इरानले मंगलबार बिहान  न्युजील्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । शान्ति सम्झौताले युद्ध बढ्ने आशंका केही कम गरे पनि टोलीसँग जोडिएका विवादहरू भने अझै अन्त्य भएका छैनन् ।

    AGNI GROUP

    इरानका स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको तनावको असर टोलीको तयारीमा परेको बताएका छन् । उनका अनुसार तयारी प्रभावित भएको छ। भिसा सम्बन्धी समस्याका कारण इरानी टोलीले आफ्नो विश्वकप बेस क्याम्प अमेरिका नभई मेक्सिकोमा राख्न बाध्य भएको छ ।

    त्यसैबीच लस एन्जलसमा मैदानमा उत्रिँदा त्यहाँ बसोबास गर्ने ठूलो संख्यामा इरानी मूलका मानिसहरूले विरोध प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।

    तर खेलाडीहरूले आफ्नो उद्देश्य राजनीति नभई फुटबलमार्फत इरानीहरूलाई एकताबद्ध गर्नु रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij