Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

‘नागरिकमैत्री बनाउन सूचना पारदर्शी गर्न आवश्यक’

‘नागरिकमैत्री बनाउन सूचना पारदर्शी गर्न आवश्यक’

  • बनेपा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले नागरिकमैत्री नगर बनाउनका लागि सूचना पारदर्शी गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा शुक्रबार काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा आयोजना गरिएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उहाँले नागरिकले मागेको सूचना उपलब्ध गराउनु नगरको दायित्व भएको बताउनुभयो । सूचना मागेको कारणबाट नभई पारदर्शिता होस् भन्ने हिसाबबाट पनि कहिलेकाहीँ राष्ट्रिय सूचना आयोगले आदेशसमेत गर्ने गरेको उहाँको भनाइ छ । “सूचना दिएर बिग्रने होइन,  मागेपछि दिनुपर्छ”, उहाँले भन्नुभयो, “सूचना दिनु भनेको हामीले गरेको काम नागरिकले परीक्षण गर्ने अवस्था सिर्जना गर्नु हो, त्यो अवसर नागरिकलाई दिनुपर्छ ।”

    onlinepatrika
    Arghakhachi

    नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकामा जो कोहीले सूचना माग्न आए पनि आधा घण्टाभित्रमा अवस्थाअनुसार सूचनाको उपलब्धतालाई छिटो र सहज बनाउन सूचना अधिकारीलाई निर्देशन दिएको बताउनुभयो । सो क्रममा उहाँले आगामी दिनमा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकलाई आफूले तिरेको कर कहाँ कसरी खर्च भयो भन्ने जानकारी पाउने अधिकार भएकाले सूचनाको हकलाई सुनिश्चित गर्न आग्रह गर्नुभयो । सूचनाको हकसम्बन्धी व्यवस्थाले सरकारलाई पारदर्शी र उत्तरदायी बनाउने उहाँको भनाइ छ ।

    AGNI GROUP

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नागरिकलाई सूचनाको हक प्रदान गर्न सधैँ तयार रहेको बताउनुभयो । माग गरेको सूचना प्रदान गर्नका लागि सूचना अधिकारीको समेत व्यवस्था गरेको बताउँदै उहाँले सूचनाको हकको सम्मान गर्दै नेपाली र स्थानीयस्तरमा बढी बोलिने तामाङ भाषामा ध्वनिसहितको नागरिक बडापत्रको व्यवस्था गरिएको बताउनुभयो । सबै वडा कार्यालयमा योजनाको विवरण पारदर्शीरुपमा राखिएको र वार्षिक कार्यक्रमको पुस्तिका सबैको पहुँचमा पुग्ने गरी सार्वजनिक गरिएको उहाँले बताउनुभयो । सो कार्यक्रममा आयोगका सचिव डा मुकुन्दप्रसाद पौड्याल र उपसचिव कपिलप्रसाद उपाध्यायले सूचनाको हकका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij