
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । विपद्का घटना हुँदा खोज, उद्वार र राहत कार्यमा खर्च गर्ने उद्देश्यले विभिन्न कोषहरु छन् । त्यी विपद् कोषहरुमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार बजेट विनियोजन गरेको छ ।
विपद् पूर्वतयारी सञ्जाल नेपालका उप महासचिव हर्षमान महर्जनका अनुसार “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सवै भन्दा वढि रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्वार कोषमा मात्र ३ अर्ब ५ करोड ९९लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, भन्ने राष्ट्रिय विपद् व्यवस्थापन कोषमा २ अर्ब ६ करोड रुपैयाँ राखेको छ । विपद् व्यवस्थापन कोषमा सातै वटा प्रदेशमा जम्मा कुल ५९करोड ४४लाख ९०हजार छुटाएको छ ।’’
त्यस्तै, सवै जिल्लाहरूमा विपद् व्यवस्थापन कोषमा १ अर्ब ९करोड ३०हजार बजेट विनियोजन गरेको जानकारी पाएको बताए । प्रदेश नं १मा ४करोड मधेस प्रदेशमा २करोड ८०लाख ८४ हजार बागमती प्रदेशमा ८ करोड गण्डकी प्रदेशमा ६ करोड लुम्बिनी प्रदेशमा ९ करोड ५० लाख कर्णाली प्रदेशमा ३ करोड १४ लाख ६हजार सुदुर पश्चिम प्रदेशमा २६ करोड बजेट विनियोजन गरेको देखिएको छ । यी बजेट सबै शुभेच्छुकहरुले जानकारी होस् भनी उप महासचिवले व्यक्त गर्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij