Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

खल्ती एपबाट एसईईको नतिजा हेर्न मिल्ने

खल्ती एपबाट एसईईको नतिजा हेर्न मिल्ने

  • काठमाडौं । खल्ती एपले एसईईकोे नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ ।

    images
    images
    images

    यस सहकार्यसँगै अब एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरुले सजिलै र निःशुल्क रुपमा खल्ती एपमार्फत् नतिजा हेर्न सक्नेछन् ।

    नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एसईई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ । राखिएको सबै विवरण ठिक भएमा ‘एसईई’को नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्तीबाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij